महाकाली तरेर भारत पुगेका चार नेपाली पक्राउ

  बैशाख १७, २०७७

दार्चुला, वैशाख १६ : सीमानाका बन्दको अवस्थामा महाकाली तरेर भारत गएका चार नेपालीलाई सीमा सुरक्षा बल (एसएसबी)ले पक्राउ गरेको छ । मंगलबार बिहानै महाकाली तरेर भारत पुगेका चार जनालाई सीमा गस्तीमा रहेको एसएसबीले पक्राउ गरेको हो ।

उनीहरुले पिथौरागढ जिल्लामा पसल खुल्ने जानकारी पाएपछि आएको बताएका भारतीय सुरक्षाकर्मीले जनाएका छन् । पक्राउ पर्नेहरूमा महाकाली नगरपालिका खलंगाका शंकर सिंह, राजेश निरौला, महेश टमटा र सन्तोष गौतम रहेका छन् ।

भारतीय सुरक्षाकर्मीका अनुसार शंकरसिंहको भारतको धारचुलामा कपडाको पसल रहेको र अन्य तीन जना सुनचाँदी पसलमा काम गर्छन् । चारै जनाको स्वास्थ्य जाँचपछि नेपाली बस्ने बह्मस्थित राहत शिविरमा राखिएको भारतीय सुरक्षाकर्मीले जनाएका छन् ।

कोभिड १९ को संक्रमणबाट जोगिनका लागि नेपाल-भारत आउजाउ बन्द गरिएको छ ।

तपाईको प्रतिक्रिया