इंग्लिस प्रिमियर लिग क्लब आर्सनलको प्रशिक्षण सुरु

  बैशाख १६, २०७७

लण्डन, वैशाख १६ : इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले प्रशिक्षण सुरु गरेको छ । कोरोना भाइरसको महामारीकाबीच खेलाडीहरूले सोमबारदेखि क्लबको सुविधामा प्रशिक्षण सुरु गरेका हुन् ।

अलेक्जान्डर लाकाजेट र डेभिड लुइज प्रशिक्षणमा सहभागिता भएका पहिलो रोजाइका खेलाडी थिए । क्लबले सरकारले निर्देशन गरेअनुसारै सामाजिक दूरी अपनाएरै प्रशिक्षण गर्ने जनाएको छ । त्यस्तै क्लबलाई पूर्ण मैदान भने अर्को सातादेखि मात्रै उपलब्ध हुने बताएको छ ।

आर्सनलले लन्डनस्थित कोल्न प्रशिक्षण मैदानमा प्रशिक्षण गर्नेछ । उक्त मैदानमा प्रशिक्षण गर्दा एकपटक पाँच खेलाडीले मात्र एकसाथ एक बल लिएर प्रशिक्षण गर्न पाउनेछन् । कोल्नमा प्रशिक्षणका लागि १० मैदान छन् ।

पछिल्लो समय कोरोना भाइरसको जोखिम बढ्दै गएपछि प्रिमियर लिगलगायत विश्वका विभिन्न लिग स्थगित भएका छन् । विश्व खेलकुद गतिविधि नै ठप्प भएको छ । तर, प्रिमियर आयोजकले सिजनका बाँकी खेल स्थगित नगर्ने प्रतिक्रिया दिइसकेको छ । सिजनको सुरुवात गर्न र सम्भावित मितिको तय गर्न अप्रिल १७ मा बैठक बस्ने प्रिमियर लिग आयोजकले जनाएको छ । एजेन्सी

तपाईको प्रतिक्रिया