कोरोनाको आशंका लागे परीक्षण गराउन स्वास्थ्यकर्मीलाई सरकारको आग्रह

  बैशाख १५, २०७७

काठमाडौं, वैशाख १५ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरस (कोभिड–१९) को शंका लागे परीक्षणमा आउन आह्वान गरेको छ ।

हालै मात्र केन्द्रीय कारागार अस्पतालमा कार्यरत दुई नर्सको आरडीटी टेष्ट पोजेटिभ आएको थियो । तर पीसीआर विधिबाट परिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ ।

उनीहरुको कन्ट्याक ट्रेसिङ र परीक्षणको काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार अहिलेसम्म ५६ जनाको पहिचान गरिएको छ । साथै यदि उनीहरुको सम्पर्कमा आएर छुटेका केही छन् भने सम्पर्कमा आउन आग्रह गरेका छन् ।

डा. पारेखलका अनुसार फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमणको आशंका लागे आरडीटी वा पीसीआर दुबै विधिबाट परीक्षण गर्ने व्यवस्था मिलाइनेछ । उनले कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको प्रशंसा समेत गरेका छन् ।एको अनलाइन खबरमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया