वीरगञ्जका चारजना घर फर्किए, तीन भारतीय मुश्लिम आयोगको जिम्मामा

  बैशाख १४, २०७७

वीरगञ्ज , बैशाख १४ : वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड(१९) का थप ४ जना संक्रमित निको भएर आईतर घर फर्किएका छन् । तीन जना भारतीय र १ जना नेपाली गरी वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचार रत चार जनालाई आईतबार डिस्चार्ज गरिएको हो ।

१ जना दिल्ली र २ जना उत्तर प्रदेश तीन जना भारतीयमा ३० चैतमा कोरोना संक्रमण पुष्टि भएहरुको उपचारपछि निको भएर घर फर्किएको डा. निरज कुमार सिंहले गोरखापत्रलाई बताउनु भयो । त्यस्तैगरी रौतहटको ईशनाथ गाँऊपालिका १ जना उपचारपछि निको भएर फर्किएका उहाँले बताउनु भयो ।

भारतीय नागरिकहरु मुस्लिम समुदायका भएका र छपकैया स्थित मस्जिदमा बस्दै आएको अवस्थामा कोरोना संक्रमित प्रमाणित भई उपचारगरी निको भएकाले उनीहरुलाई मुस्लिम आयोगका सदस्यले जिम्मा लिनेगरी डिस्चार्ज गरिएको र आयोगका सदस्यले उनीहरुलाई छपकैयास्थित एक घरमा राख्ने बताएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले गोरखापत्रलाई बताउनु भयो ।

निको भएका अर्का रौतहटका १९ वर्षीय एक युवकलाई उनको अभिभावक बुकाको जिम्मा लगाईएको र उनी एम्बुलेन्समा चढेर आजै आफ्नो घर तर्फ गएका छन् । उपचापछि निको हुनेमा दिल्लीका मोहम्मद यूसुफ उत्तर प्रदेशका मोहम्मद नुर महमद र मोहम्मद ईब्राईम रहेका छन् भने रौतहटको ईशनाथ गाँऊपालिका बच्चु अंसारी रहेका छन् । हालसम्म नेपालमा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ त्यसमध्ये ३५ जना उपचाररत छन् भने १६ जना निको भएर घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया