काठमाडौं, वैशाख १० : नेपालमा कुल संक्रमित संख्या ४५ पुगेको छ । सो जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाब परीक्षणमा आज तीन जनामा कोरोना पोजेटिभ पाइएको मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा डा. विकास देवकोटाले जानकारी गराउनुभयो ।
हाल नेपालमा ७ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । आज सेती अस्पतालमा उपचाररत ४० वर्षीय पुरुष र टेकु अस्पतालमा उपचाररत ३२ वर्षीय पुरुष डिस्चार्ज हुने मन्त्रालयले जनाएको हो ।






