तीन दिन हावाहुरी, चट्याङ र असिनासहित पानी पर्ने सम्भावना

  बैशाख ०९, २०७७

काठमाडौं, वैशाख ९ : सोमबार रातिदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले केही ठाउँमा हावाहुरी, चट्याङ र असिनासहित पानी पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

प्रदेश नम्बर २, वाग्मती, गण्डकी, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशमा मौसमी प्रणाली अलि धेरै सक्रिय रहेकाले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

स्थानीय वायु र पश्विमी वायुको प्रभाव रहेकाले अहिले मुलुकका अधिकांश स्थानमा सामान्य बदली रही मेघ गर्जन, चट्याङ/हावाहुरीसहित वर्षा भइरहेको पनि महाशाखाले जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
वैशाख ९ गते (मंगलबार)
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/ चट्याङ / असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

राति : देशभर आंशिक देखि सामान्य बदली रहि थेरै स्थानहरुमा मेघगर्जन/ चट्याङ/ असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

वैशाख १० गते (बुधबार)
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहने छ। अपरान्हपश्चात् पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

राति : देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ / असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

वैशाख ११ गते (बिहीबार)
दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वी भू-भागका थेरै केही स्थानहरुमा मेघगर्जन/ चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वी भू-भागका थेरै केही स्थानहरुमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया