सोमबार पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री हुने

  बैशाख ०७, २०७७

काठमाडौं, वैशाख ७ : नेपाल राष्ट्र बैंकले सोमबार रु पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकका अनुसार बैंकले बोलकबोल प्रक्रियामार्फत उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बैंकले कूल ९१ दिने अवधिका लागि रु २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ । सो बिल आगामी साउन ६ गते परिपक्व हुनेछ ।

यस्तै रु पाँच अर्ब बराबरको ट्रेजरी बिल भने १८२ दिनका लागि बिक्री गर्न लागिएको हो ।

उक्त परिमाणको टे«जरी बिल आगामी कात्तिक ४ गते परिपक्व हुनेछ । बैंकले यसअघि गत चैत ३० गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो ।

तपाईको प्रतिक्रिया