धनगढी, वैशाख ६ : दुई साताअघि कोरोना पोजेटिभ देखिएर धनगढीको सेती प्रादेशिक अस्पतालमा आइसोलेसनमा रहि उपचार गराइरहेका कैलालीको लम्की चुहा नगरपालिकाका एक युवाको पीसीआर परिक्षण नतिजा नेगेटिभ आएको छ ।
सेती प्रादेशिक अस्पतालका वरिष्ठ इमरर्जेन्सी फिजिसियन डा। जगदिश जोशीका अनुसार धनगढी कै प्रयोगशालामा शुक्रबार गरिएको दोस्रो पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको हो ।
चैत २२ गते केन्द्रिय प्रयोगशालाबाट आएको जानकारी अनुसार उनको पहिलो परिक्षण नतिजा पोजेटिभ आएको उनले बताए । ‘पोजेटिभ देखिएर आइसोलेसनमा रहेकाहरुको २ पटक लगातार नेगेटिभ देखिएमा डिस्चार्ज गरिने कोरोना संक्रमण उपचारको प्रोटोकल रहेकोछ,’ डा जोशीले भने, ‘आज शनिबार पुन: परिक्षणका लागि उनको स्वाबको नमुना संकलन गरी धनगढीकै प्रयोगशालामा पठाइएको छ ।’ दोस्रो पटक पनि नेगेटिभ आएमा डिस्चार्ज गरिने डा जोशीले बताए ।
सेती प्रादेशिक अस्पतालमा शक्रबारको प्राप्त परिक्षणको नतिजामा नेगेटिभ देखिएका युवा तथा १ महिलासहित पोजेटिभ देखिएका ५ जनालाई आइसोलेसन राखि उपचार भइरहेको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।