दोस्रो कोरोना संक्रमित युवती निको भएर टेकु अस्पतालबाट डिस्चार्ज

  बैशाख ०६, २०७७

काठमाडौं, वैशाख ६ : कोरोना संक्रमण भएपछि उपचार गराइ रहनु भएकी प्रसिदि श्रेष्ठले २७ दिनपछि डिस्चार्ज हुनु भएको छ ।

काठमार्डौ निवासी उहाँको लगातार चार पटकसम्म गरीएको परीक्षणमा नेगेटिभ आएपछि उहाँलाई आज विदाई गरिएको टेकुस्थित सहिद शुक्रराज सरुवा रोग अस्पतालका प्रवक्ता डा. अनुप बस्तोलाले बताउनुभयो ।

उहाँलाई अस्पतालले फूलमाला सहित विदाई गरेको छ । उहाँ कतार एयरकाे विभानमा फ्रान्सबाट दाेहा हुँदै काठमाडाैं आउनु भएकाे थियाे । उहाँसगै यात्रा गर्ने भियतनामी साथीलाई संक्रमण भएपछि उहाँकाे स्वास्थ्य परीक्षण गर्दा उहाँमा पनि संक्रमण पाइएपछि अस्पताल भर्ना गरिएकाे थियाे । 

तपाईको प्रतिक्रिया