भारतमा कोरोना संक्रमण वृद्धि दरमा ४० प्रतिशतले कमी

  बैशाख ०६, २०७७

काठमाडौं, वैशाख ६ : भारतमा कोभिड–१९ संक्रमणको दरमा कमी आएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार अप्रिल एकपछि करिब ४० प्रतिशतले दैनिक थपिने संक्रमितको संख्यामा कमी आएको छ । प्रत्येक तीन दिनमा नयाँ संक्रमित दोब्बर हुने दरमा पनि कमी आएको छ । टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले तीन दिनमा दोब्बर हुने दर हाल ६.२ दिन पुगेको उल्लेख गरेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सामाजिक दूरी र लकडाउनले संक्रमण दरमा कमी आएको दाबी गरेको छ । उच्च दरमा संत्रमण हुने क्षेत्रलाई वर्गीकरण गरी गरिएको सावधानी र सतर्कताका उपायले संक्रमणको श्रृखंलालाई केही हदसम्म नियन्त्रण गरेको अधिकारीहरुले बताएका छन् । यद्दपी सावधानी र सतर्कतामा थोरै पनि आलस्यता देखिए घडीको सुई उल्टो पार्ने अधिकारीहरुले सचेत गराएका छन् ।

अप्रिल एकदेखि १.२ को दरले वृद्धि भएको छ । जुन मार्च १५ देखि अन्तिमसम्म २.१ रेकर्ड मापिएको थियो । स्वास्थ्य मन्त्रालयका सहसचिब लभ अग्रवालले यसरी औसतमा करिब ४० प्रतिशतले संक्रमणको वृद्धि दरमा कमी आएको प्रष्ट्याउनुभयो । भारतमा कोरोनाभाइरसको संक्रमण शनिबार बिहानसम्म १४ हजार ३५२ जनामा पुष्टि भएको छ । कोरोनाभाइरसबाट ४८६ को मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया