पैदल हिँडेर घर जानेहरुबारे उच्चस्तरीय समितिसँग छलफल गर्दै प्रधानमन्त्री

  बैशाख ०५, २०७७

काठमाडौं, वैशाख ५ : सरकारले लकडाउनपछि बाटोमा अलपत्र परेका मानिसलाई गन्तव्यसम्म पुर्‍याउने वा खाने बस्ने व्यवस्था मिलाउनेमध्ये एकमा निर्णय गर्ने तयारी गरेको छ ।

यस विषयमा कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा छलफल भएको छ। समितिमा सहभागी एक मन्त्रीले अलपत्र परेका सर्वसाधारणका लागि विशेष राहत प्याकेज वा गन्तव्यसम्म पुर्‍याइदिनेमध्ये एक निर्णय गर्न लागिएको जानकारी दिए।

समितिमा छलफल भएपछि समितिका सदस्यहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार जाँदैछन्। प्रधानमन्त्रीसँगको छलफलपछि निर्णय सार्वजनिक गरिने बताइएको छ।

लकडाउन लम्बिएपछि उपत्यकासहित देशभर रोजगारीका क्रममा रहेका मजदुर तथा ज्यालादारी काम ठप्प भएपछि घरतर्फ निस्किएका उनीहरुलाई प्रशासनले रोकेपछि अलपत्र परेका इकान्पिपुर अनलाइनमा उल्लेख छ ।

‘घर जान निस्किएका सर्वसाधारणलाई एकपटकका लागि गन्‍तव्यसम्म पुर्‍याइदिने वा अलपत्र परेकै स्थान आसपास दैनिक गुजाराको व्यवस्था गर्नेमध्ये एक विकल्पमा निर्णय हुन्छ,’ ती मन्त्रीले भने, ‘सरकार समस्या समाधान गर्नेतिरै छ।’

तपाईको प्रतिक्रिया