स्कटल्यान्डमा तल्लो डिभिजनका लिगमा पूर्णविराम

  बैशाख ०४, २०७७

एडिनबर्ग, वैशाख ४ : स्कटल्यान्डको तल्लो डिभिजनका सबै लिग फुटबलको यो सिजनलाई टुंग्याउने बुधबार निर्णय भएको छ । स्कटिस लिगअन्तर्गतका च्याम्पियनसिप, लिग वान र लिग टु अन्त्य गर्ने निर्णय भएको हो ।

माथिल्लो डिभिजन स्कटिस प्रिमियर लिगबारे भने निर्णय हुन बाँकी छ । लिगमा अब जुन क्लब जुन स्थितिमा छ त्यही अन्तिम हुनेछ । त्यसअनुसार अन्तिम लिग तालिकाको शीर्ष स्थानमा रहेको टिम नै च्याम्पियन हुनेछ ।

यस्तोमा च्याम्पियनसिपको लिग विजेता डुन्डे युनाइटेड हुनेछ । यो निर्णयका लागि भएको मतदानमा सहभागी लिगका क्लबमध्ये ८१ प्रतिशतले प्रतियोगिता मौजुदा स्थितिमै टुंग्याउने पक्षमा मत दिएका हुन् ।

तपाईको प्रतिक्रिया