गोरखा आरुघाटका एक युवामा देखियो पोजिटिभ

  बैशाख ०३, २०७७

गोरखा, वैशाख ३ : र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) किटबाट गरिएको कोभिङ–१९ (कोरोना) परीक्षणमा गोरखा आरुघाटका एक युवामा पोजिटिभ देखिएको छ ।

आरुघाट गाउँपालिका–५ का एक ३१ वर्षीय यी युवा फागुन २३ गते बहराइनबाट फर्किएका थिए। उनको स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको छ । विदेशबाट फर्किएको ४० दिनपछि उनमा संक्रमण देखिएको हो ।

किटबाट परीक्षण गर्दा पोजिटिभ देखिए पनि उनमा कोरोनाको लक्ष्यण नदेखिएको र युवा बिरामी पनि नभएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायण अर्यालले बताए । आरुघाटमा विदेशबाट आएका सबैको परीक्षण गरिँदा उनको मात्रै पोजिटिभ देखिएको हो । उनीसँगै अर्का एक विदेशबाट आएका व्यक्तिको पनि स्वाब परीक्षणका लागि पोखरा पठाइएको छ ।

तपाईको प्रतिक्रिया