टोटनहमले कर्मचारीलाई तलब काट्ने निर्णय फेर्‍यो

  बैशाख ०२, २०७७

लन्डन, वैशाख २ : चर्को आलोचनापछि टोटनहमले आफ्‍ना गैर खेलाडी कर्मचारीको तलब काटेर सरकारमा निर्भर हुने निर्णय मंगलबार फेरेको छ ।

त्यसअगाडि टोटनहमले आफ्ना ती गैर खेलाडी कर्मचारीलाई बिदा दिएर २० प्रतिशत मात्र तलब दिने निर्णय गरेको थियो। त्यस स्थितिमा बेलायती सरकारले बाँकी ८० प्रतिशत तबल तिरिदिने गर्छ।

इंग्लिस प्रिमियर लिग क्लब स्पर्सका प्रमुख ड्यानिएल लेभी सरकारमा भर पर्ने निर्णय गरेका हुन्। खेलाडीमा साताकै लाखौं पाउन्ड तिर्ने क्लबले यस्तो निर्णय गरेपछि चारैतर्फबाट आलोचना सुरु भएको थियो।

यसअघि लिरभपुलले पनि गैर खेलाडी कर्मचारीको तलबका लागि सरकारमा भर पर्ने निर्णय गरेर पछि त्यसबाट पछाडि हटेको थियो।

तपाईको प्रतिक्रिया