नेकपा प्रवक्ता श्रेष्ठले एक वर्षको पारिश्रमिक विपन्नलाई दिने

  बैशाख ०१, २०७७

काठमाडौँ, वैशाख १ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूले प्राप्त गर्ने एक वर्षको पारिश्रमिक विपन्न वर्ग केन्द्रित राहत प्याकेजमा दिने घोषणा गर्नुभएको छ ।

राष्ट्रियसभाका सदस्यसमेत रहनुभएका प्रवक्ता श्रेष्ठले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत सो कुराको घोषणा गर्नुभएको हो । प्रवक्ता श्रेष्ठले राष्ट्रियसभा सदस्यका रुपमा प्राप्त गर्ने दुई महिनाको पारिश्रमिक सरकारले स्थापना गरेको कोभिड– १९ राहत कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “हामी अहिले कोभिड– १९ र उत्पन्न सङ्कटको सामाना गरिरहेका छौँ । यसबेला एकताबद्ध भई आआफ्नो ठाँउबाट भूमिका खेल्न जरुरी छ ।” प्रवक्ता श्रेष्ठ ट्वीटरमा अगाडि लेख्नुहुन्छ, “यस स्थितिमा राष्ट्रियसभा सदस्यको एक वर्षको पारिश्रमिकमध्ये दुई महिनाको कोभिड– १९ कोष र बाँकी विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गर्दछु ।”

तपाईको प्रतिक्रिया