हेलिकोप्टरबाट सुत्केरीको उद्धार

  बैशाख ०१, २०७७

बाजुरा, वैशाख १ : जिल्लाको स्वामिकार्तिक गाँउपालिका–१, साप्पाटा मुक्तिकोटबाट एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

रक्तश्रावसहित जटिल स्थितिमा सुत्केरी भएर छटपटाइरहेकी स्थानीय ३५ वर्षीया सुपारी बिकलाई आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिनुभएको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको पहलमा सो उद्धार गरिएको हो । गाँउपालिका अध्यक्ष चिरिञ्जीवि शाहीले सुत्केरीलाई बाँकेको कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको जनाउनुभयो ।

आइतबार बिहान घरमै एक बच्चा जन्माएकी बिकको पेटमा अर्को बच्चा पनि हुन सक्ने साप्पाटा स्वास्थ्य चौकी इन्चार्ज बिर्ज बिकको भनाइ छ । जिल्लामा अत्याधिक रक्तस्रावका कारण यसअघि पाँच जना सुत्केरीको मृत्यु भइसकेको छ ।

तपाईको प्रतिक्रिया