चार राजदूतबाट एकएक महीनाको तलब कोषमा

  चैत ३०, २०७६

काठमाडौँ, चैत ३० : दक्षिणपूर्व एशिया तथा प्रशान्त क्षेत्रमा कार्यरत चार नेपाली राजदूतले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आआफ्नो एकएक महिनाको तलब प्रदान गर्ने हुनुभएको छ ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले आफूहरुको सो सामूहिक निर्णयबारे राससलाई जानकारी दिनुभयो । नेपाली राजदूतहरु मलेसियाका लागि उदयराज पाण्डे, म्यानमाका लागि भीमकृष्ण उदास, अष्ट्रेलियाका लागि दाहाल र थाइल्याण्डका लागि गणेशप्रसाद ढकालले कोषमा योगदान गर्ने घोषणा गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया