एनटिभीका दृश्य सम्पादक कोइरालाको निधन

  चैत २९, २०७६

काठमाडौँ, चैत २९ : नेपाल टेलिभिजनका दृश्य सम्पादक सतीश कोइरालाको क्यान्सर रोगबाट भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा नयाँ दिल्लीमा शुक्रबार निधन भएको छ ।

२०६० देखि नेपाल टेलिभिजनमा दृश्य सम्पादकका रुपमा कार्यरता कोइरालाले एनटिभी न्यूज च्यानलमा समाचार र ‘विश्वघटना’, ‘स्पोर्टस टाइम’ जस्ता कार्यक्रमको सम्पादन गर्दै आउनुभएको थियो । उहाँ ३७ वर्षको हुनुहुन्थ्यो ।

गत वर्ष नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाद्वारा स्थापित स्व वीरेन्द्र कार्की उत्कृष्ट दृश्य सम्पादक पुरस्कार प्राप्त गर्नुभएका उहाँ महासङ्घका केन्द्रीय प्रतिनिधि हुनुहुन्थ्यो । बङ्गलादेशस्थित ढाका विश्वविद्यालय तथा नर्वेको ओस्लो विश्वविद्यालयबाट सञ्चारसम्बन्धी विषयमा स्नातकोत्तर गर्नुभएका कोइराला दक्षिण अफ्रिकाको विश्वविद्यालयबाट विद्यावारिधि गर्दै हुनुहुन्थ्यो । आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको नेपाल टेलिभिजनले जनाएको छ । स्व कोइरालाकी धर्मपत्नी बाटिका राणा नेपाल टेलिभिजनमा दृश्य सम्पादककै जिम्मेवारीमा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया