मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना

  चैत २९, २०७६

काठमाडौँ, चैत २९ : स्थानीय वायुको प्रभावले आज साँझपख देशको धेरैजसो स्थानमा मेघगर्जन, हावाहुरी, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायुको प्रभावसँगै प्रिमनसुन सक्रिय भएकाले मौसमी गतिविधि बढेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । उहाँका अनुसार यस प्रणालीको प्रभावले आज उपत्यकासहित देशको धेरै स्थानमा मेघगर्जन, हावाहुरी, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

उक्त मौसमी प्रणालीको असर आज रातिसम्म मात्र कायम रहने जनाएको छ । प्रिमनसुको गतिविधि भएकाले यसको प्रभाव लामो समय नरहने मौसमविद्को भनाइ रहेको छ । उक्त मौसमी प्रणालीको असर आज रातिसम्म मात्र कायम रहने जनाएको छ । प्रिमनसुको गतिविधि भएकाले यसको प्रभाव लामो समय नरहने मौसमविद्को भनाइ रहेको छ ।

तपाईको प्रतिक्रिया