प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा भट्टराई अस्पताल भर्ना

  चैत २९, २०७६

काठमाडौं, चैत २९ : प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई मुटुमा समस्या देखिएपछि बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारार्थ भर्ना हुनुभएको छ ।

गएराति मुटुमा अचानक समस्या देखिएपछि उहाँलाई आज सो अस्पतालमा भर्ना गरिएको र स्वास्थ्य अवस्था सामान्य रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उहाँ अनुसार सल्लाहकार डा भट्टराईको कोरोनरी आर्टरीको प्राइमरी एन्जिओप्लास्टी गरिएको छ ।

तपाईको प्रतिक्रिया