विगत २४ घण्टामा ६३० नमुना परीक्षण, संक्रमण शुन्य

  चैत २८, २०७६

काठमाडौं चैत २८ : विगत २४ घण्टामा कोभिड १९ संक्रमितका आशंका गरिएकाहरूको कुल ६३० वटा नमुना परीक्षण गर्दा एउटामा पनि संक्रमण फेला परेन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुरा बताउनुभएको हो ।

उहाँले विगत २४ घण्टामा काठमाडौंमा ४०१ नमुना परीक्षणको रिर्पाेट आएको र काठमाडौ बाहिर २२९ वटा स्वाब नमुनाको रिर्पोट आएकोमा सबैमा संक्रमण भएको नपाइएको बताउनुभयो ।

अहिलेसम्म नेपालमा कुल स्वाब परीक्षणको संख्या ३ हजार ५२४ पुगेको छ । विगत केही दिनदेखि संक्रमण फेला नपरेको जानकारी आउने क्रम जारी रहेको आजसंक्रमण फेला नपरेको छैटौं दिन हो ।

तपाईको प्रतिक्रिया