विश्वभर १६ लाख ७ हजार ६२६ संक्रमित, ९५ हजार बढीको मृत्यु

  चैत २८, २०७६

जेनेभा, चैत २८ : कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १६ लाख ७ हजार ६२६ सङक्रमित भएका छन् ।

यस प्रकोपबाट संंसारभरि ९५ हजार ७९४ को मृत्यु भएको छ । यसैबीच यस रोगबाट ३ लाख ५७ हजार १६४ जना भने निको भएका छन् । शुक्रबार मध्याह्नसम्मको यो तथ्याङ्क विश्व स्वास्थ्य संगठनले सार्र्वजनिक गरेको हो ।

तपाईको प्रतिक्रिया