काठमाडौं बाहिर जान दिन दुई दिन खुला गर्ने विषयमा छलफल हुँदै

  चैत २७, २०७६

काठमाडौं, चैत २७ : सरकारले लक डाउनमा काठमाडौंमा रोकिएका व्यक्तिलाई काठमाडौं बाहिर जान चाहेनेलाई भोलि र पर्सी दुई दिन खुला गर्ने तयारी गरेकोे छ ।

उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड १९ संक्रमण तथा रोकथाम उच्चस्तरीय समितिमा भोलि र पर्सी दुई दिन खुला गरी के कसरी जान दिने भन्ने मोडालिटीमा छलफल भई रहेको र निर्णय भइ नसकेको समिति सम्बद्ध स्रोतले बतायो ।

राजधानीबाट धेरै मजदूत तथा निम्न आय भएका व्यक्ति हिँडेरै बाहिर जान थालेपछि समितिले यो निर्णय गर्ने तयारी गरेको हो ।

तपाईको प्रतिक्रिया