लकडाउनमा मेला संञ्चालन गरेको भन्दै जनप्रतिनिधी प्रहरी नियन्त्रणमा

  चैत २७, २०७६

बझाङ, चैत २७ : कोरोना भाइरसको माहामारी नियन्त्रण र रोकथाम गर्न मुलुकमा लकडाउन भइरहेको वेला वझाङको छविसपाथिभेरा गाउँपालिकाको कडेलमा चैतलीमेला सञ्चालन गरेको भन्दै स्थानीय प्रसाशनले त्यहाँका जनप्रतिनिधी सहित मेला आयोजकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी प्रसाशनबाट पटक पटक जिल्ला भरी सार्वजनिक समारोह साथै मान्छेहरुको भिडभाड तथा जमघट नगर्ने नगराउने भनेर परिपत्र हुँदा समेत चैतली मेलामा हजारौ मान्छे भेला भएर जात्रा मनाएपछि लकडाउन अबज्ञा गरेको भन्दै प्रमुख जिल्ला अधिकारीको निर्देशनमा त्यँहाका अगुवाहरुलाई नियन्त्रणमा लिएको हो ।

वुधवार विसौना प्रहरी चौकी सहित जिल्लाबाट गएको प्रहरी टोलीले जात्रा संञ्चालनमा भुमिका निर्वाह गर्ने त्यँहाका अगुवा व्यक्तिहरु गाउँपालिका प्रवक्ता लोकेन्द्र्र ठगुन्ना सहित वडा अध्यक्ष विकास ऐडी, केसवराज जोशी, अम्मराज थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसको साथै मेला व्यवस्थापन समितिका संयोजक राजेन्द्र सिंह, कृतराज जोशी सहित त्यँहाका मष्टा मन्दिरका पुजारीहरु डम्मर धामी, र इन्द धामीलाई पनी प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ ।

जिल्लाको प्रसिद्ध ऐतिहासिक धार्मिक मेला गएको सोमवार संञ्चालन गरेको थियो । परम्परागत देखि चैते पुर्णिमाको समयमा लाग्ने यो मेला देशमा लकडाउन भएका वेला गर्न नगराउन प्रसाशनले परिपत्र गरेको भए पनी त्यँहाका अगुवा र जनप्रतिनिधिहरुले लकडाउनको व्यवास्था गर्दै पुरानो रिति चलाउने नाममा हजारौ मान्छे भिडभाड गरेर जात्र मनाएपछि चौतर्फी यस कार्यको आलोचना भएको थियो ।

वझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले कोरोना भाइरसका कारण मुलुक त्रसित भईरहेका वेला नेपाल सरकारले लकडाउन गरेर मान्छेको भिडभाड नगर्ने भनेका वेला मेला संञ्चालन गर्ने वाहानामा हजारौ मान्छे भिडभाड गरि लकडाउनको उल्लघन गरेको हँुदा त्यहाँका अगुवा जनप्रतिनिधीहरुलाई आवश्यक कार्वाहिका लागी नियन्त्रणमा लिएको वताउनु भएको छ ।

उहाँले भन्नुभयो, हामिले पटकपटक मौखिक तथा लिखित जानकारी गर्दा समेत देवी देवताको पुजाको नाममा थुपै्र्र मान्छेहरु जमघट भई स्थानिय जनप्रतिनिधिहरुले यस्तो कार्यमा रोक नलागाएको हुँदा उनिहरुको नै मेला सञ्चालन गर्न भुमिका र सहभागिता देखिएकोले अगुवा तथा नेताहरुलाई पक्राउ गरेका हौ ।

चैतली जात्रा लकडाउनको अवज्ञा गर्दैै जात्रा मनाए पछि प्रहरी प्रसाशनले थप कडाई गरी जिल्लामा यो समयमा हुने पुजा आजा धार्मीक मेला नगर्न थप कडाई गरेको छ । प्रहरी हिरासतमा रहेका छविसपाथिभेरा गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष विकास ऐडिले जात्रा मनाउने आफुहरुको पनी मनसाय नभएको तर स्थानीयहरुले जवरजस्ती मन्दिरमा आई पुजा आजाका साथै काँकर र भकुण्डो खेलेको वताउनुभयो । विशेष गरी काँकर खेलाउने र भकुण्डो हाल्ने सामुहिक खेल यो जात्राको मुख्य आकर्षण हो ।

तपाईको प्रतिक्रिया