क्वारेन्टाइनमा रहेकाहरुको स्वाब संकलन हुँदै

  चैत २६, २०७६

डोटी, चैत २६ : कोरोना भाइरस (कोभिड १९) को संक्रमण भए नभएको एकिन गर्न डोटीमा स्वाब परीक्षण कार्यको शुरुवात गरिएको छ ।

भारतबाट फर्किएर जिल्लामा विभिन्न स्थानमा क्वारेन्टाइनमा राखिएकाहरुको स्वाब संकलन गरिने बताइएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट प्राप्त जानकारी अनुसार विभिन्न स्थानीय तहहरुको क्वारेन्टाइनमा रहेका ३ यस ५ जनाको स्वाब संकलन गरिने छ ।

नेपाली सेना, नेपाल प्रहरीलगायतका स्वास्थ्यकर्मीहरुको टोलीले विभिन्न ६ वटा स्थानलाई स्वाब संकलनको लागि केन्द्र तोकेको छ ।

तोकिएको केन्द्रबाट क्वारेन्टाइनमा राखिएकाहरुको स्वाब संकलन गरिनेछ । स्वास्थ्यकर्मीहरुको टोली स्वाब संकलनका लागि हेलिकप्टरमार्फत् दिपायल पुगेको हो ।

तपाईको प्रतिक्रिया