प्रधानमन्त्री ओलीद्वारा कुवेती प्रधानमन्त्रीसँग नेपालीको अवस्थाबारे चासो व्यक्त

  चैत २५, २०७६

काठमाडौं, चैत २५ : प्रधानमन्त्री केपी शर्मा ओलीले कुवेतका प्रधानमन्त्री सवाह अल खालिद अल सवाहसँग टेलिफोनमार्फत् त्यहाँ रहेका नेपालीहरुको बारेमा चासो राख्नुभएको छ ।

उहाँले त्यहाँ कार्यरत नेपालीहरुको सुरक्षा र कल्याणको बारेमा कुवेती प्रधानमन्त्रीसँग चासो राख्नुभएको प्रधानमन्त्रीले आफ्नो टिव्टमा उल्लेख गर्नुभएको छ ।

कुवेतका प्रधानमन्त्रीले नेपालीहरुलाई कुनै पनि अप्ठ्यारो पर्न नदिने र उनीहरुको उपचारमा खुल्ला दिलले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया