कर्णाली धान्ने गरी पूर्वाधारको तयारीमा छौ : प्रतिष्ठान

  चैत २५, २०७६

खलङ्गा चैत २५ : छिमेकी प्रदेश सुदुरपश्चिममा कोभिड १९ (कोरोना भाईरस) संक्रमितको संख्या बढ्न थालेपछि कर्णाली प्रदेशकै ठूलो क्षमता तीसय शैयाको अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान एक महिना देखी दिन रात तयारीमा जुटेको छ ।

प्रतिष्ठानले रोगथाममा गरेको तयारीको बिषयमा प्रदेश सरकारले गठन गरेको आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीको अध्यक्षतामा बसेको जिल्ला समन्वय समिति, नगरपालिका, स्थानीय प्रशासन आमन्त्रित सांसदहरु सहतिको उच्च स्तरको वैठकमा बृस्तृत ब्रिफिङ सहित मजवुद्ध भएको जानकारी गरेको छ ।

दुईसय वेड आईसुलेसन बनाईदै  
(कोभिड १९) कोरोना भाईरसको रोकथामको लागि गरेका काम र तयारीको बिषयमा प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले अहिले १२० वार्ड आईसुलेसन, १० वटा आईसियू र ५ वटा भेन्टिलेटर तयार अवस्थामा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार जनचेतना कार्यक्रम, विशेषज्ञ डा. धिरज गुरुङको नेतृत्वमा कोभिड टाक्स ग्रुप, यस्तै भिन्नै ¥यापिड रेस्पोन्स टिम, हेल्थ डेक्स तथा क्वारेन्टाईन अनुगमनका कामहरु भईरहेका छन् ।

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले ३२ विशेषज्ञ डाक्टर र २६ जना मेडिकल अफिसर सवै कोरोनाको बिरुद्धमा खटिरहेका छन् । उहाँले प्रतिष्ठानका साढे तीनसय कर्मचारी अहिले कोरोनाको रोगथामका लागि आ–आफ्नो डयूटिमा कर्णाली भरी खटिरहेका छन् । उहाँका अनुसार १२० वेड आईसुलेसनलाई दुई सय गर्न तयार गर्दैछौ । ८२ बढि पिपिई सेट आई सकेको र एक दर्जन बढि थर्मोस्क्यान पुग्न लागेको जानकारी दिनुभयो ।

बाहिरबाट आएकालाई खोजेर जाँच गरौ 
रोगथाम र उपचारमा तयारी तीब्र गरिएको प्रतिष्ठानका विशेषज्ञले बताउदै आएका छन् । वैठकमा उपस्थित प्रतिष्ठानका शिक्षाध्यक्ष तथा विशेषज्ञ डाक्टर निरेश थापाले ३ चरमा अगाडि बढ्ने बताउनु भयो । उहाँले पहिलो ट्रयास गरौ ( बाहिरवाट आएका व्यक्ति खोजौ) दोस्रो जाँच गरौ अन्तिममा उपचार भएकाले खोज्ने कार्यलाई कडाई गरेर अघि बढेमा हामी कोरानलाई जित्न सक्ने उहाँको दावी छ । तर यो योजनामा आवश्यक पूर्वाधार, जनशक्ति उचित परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।

वैठकमा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारीले प्रदेश सरकारले तत्काल कोरोना विरुद्धको रोगथामको उपकरण र अत्यावश्यक सामग्रीका लागि प्रदेश सरकारले प्रतिष्ठानलाई रु एक करोड प्रदान गरेको जानकारी दिनुभयो । उहाँले जिल्लाको उच्च स्तरको जनप्रतिनिधी सहितको टिमलाई जोखिम अवस्थामा गरिने तयारीका लागि आ–आफ्नो समयन्त्रबाट अहिलेनै तयारी गर्न अपिल गर्नुभयो । उहाँले कर्णाली प्रतिष्ठान उपचारको ठूलो भरोषाको केन्द्र भएकाले कोरोना विरुद्धको उपचारमा योजना र पूर्वाधारमा लाग्न सवै जुट्नुपर्नेमा जोड दिनुभयो ।

स्वाब परीक्षण केन्द्रको माग 
वैठकले प्रतिष्ठानले जुम्लामै स्वाब संकलन केन्द्र बनाउन संघीय सरकार र केन्द्र सरकार सँग माग गर्ने, प्रदेश सरकारले विनियोजन गरेको रु एक करोडको स्वास्थ्य सामग्री नियमानुसार खरिद समितिलाई दिने निर्णय गरेको प्रतिष्ठानका रजिष्ट्रार काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार आईसुलेसन सामाग्री नियमानुसार खरिद, स्वाब परिक्षण गर्ने पिसिआर मेशिन माग निर्णय भएको थप्नुभयो ।

तपाईको प्रतिक्रिया