काँग्रेस पदाधिकारी बैठक बस्दै

  चैत २५, २०७६

काठमाडौँ, चैत २५ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारीको बैठक आज बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा उपचारका लागि मुलुकभर लकडाउन लागू भएपछि काँग्रेस पदाधिकारी बैठक पहिलोपटक बस्न लागेको हो ।

बैठकमा कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा उपचारमा सरकारका तर्फबाट भएका काम–कारवाही र पार्टीका तर्फबाट गर्न सकिने योगदानलगायत समसामयिक विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

काँग्रेसको पदाधिकारीमा सभापति देउवा, उपससभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा शशाङ्क कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादव हुनुहुन्छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल विशेष आमन्त्रितका रुपमा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया