कोभिड–१९ को चिनियाँ भ्याक्सिनको सफल परीक्षण हुँदै

  चैत २२, २०७६

काठमाडौं, चैत २२ : चीनमा आविष्कार गरिएको कोरोना भाइरस (काभिड–१०)को सुई (भ्याक्सिन) लगाएका चिनियाँ स्वय्मसेवकहरुको पहिलो टोली स्वस्थ रहेको बताइएको छ ।

सुई लगाएपछि १४ दिने क्वारेन्टाइनको बसाईंमा उनीहरु सबै स्वस्थ रहेको डेलीमेलले जनाएको छ ।उहानमा गरिएको उक्त पहिलो परीक्षणमा भाग लिएका १४ जना स्वय्मसेवकहरुको घरमा हिजो फिर्ता भएका हुन् ।

शुक्रबारसम्म १०८ जना स्वय्मसेवकहरुमध्ये १८ जनाले सबै स्वास्थ्य परीक्षण गरिसकेको छन् । सबै स्वय्मसेवकहरुलाई छमहिनासम्म वैज्ञानिकहरुले निगरानीमा राख्नेछन् र पछि उनीहरुको रगतको नमूना लिएर एन्टीबडिज्लाई शुक्ष्म रुपमा अनुसन्धान गरिनेछ ।

यदि यो सुई प्रभावकारी र भरपर्दाे भएको पत्ता लागेमा वैज्ञानिकहरुले विदेशमा थप अनुसन्धान गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया