कोरोनाले मृत्यु हुनेको संख्या ५६ हजार नाघ्यो, इटलीमा एकै दिन ७६६ र युकेमा ६८४ को मृत्यु

  चैत २२, २०७६

काठमाडौं, चैत २२ : कोभिड-१९ कोरोना भाइरसले विश्वभर ५६ हजार ५ सय ९७ जनाले ज्यान गुमाइसकेका छन् ।

यो समाचार तयार पार्दासम्म विश्वभर १० लाख ६२ हजार ४ सय ७६ जना संक्रमित छन् भने २ लाख २५ हजार ६ सय ३ जनालाई निको भएको छ ।

सबैभन्दा बढी इटलीमा १४ हजार ६ सय ८१ जनाले ज्यान गुमाएका छन्। इटलीमा एकै दिन ७ सय ६६ जनाले ज्यान गुमाएका छन्। इटलीमा ८५ हजार ३ सय ८८ जना संक्रमित छन् ।

त्यस्तै युकेमा एकै दिन ६ सय ८४ जनाले ज्यान गुमाएका छन्। युकेमा हालसम्म ३ हजार ६ सय ५ जनाले ज्यान गुमाइसकेका छन्। युकेमा ३४ हजार ४ सय २८ जना संक्रमित छन् । 

त्यसैगरि स्पेनमा पनि एकै दिन ५ सय ८७ जनाले ज्यान गुमाएका छन्। हालसम्म स्पेनमा १० हजार ९ सय ३५ जनाले ज्यान गुमाइसकेका छन्। स्पेनमा ७६ हजार २ सय ६२ जना संक्रमित छन् ।

अमेरिकामा पनि एकै दिन ५ सय १२ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा ६ हजार ५ सय ६२ जनाले हालसम्म ज्यान गुमाएका छन्। त्यहाँ २ लाख ३९ हजार ८ सय ६७ जना संक्रमित छन् ।

तपाईको प्रतिक्रिया