रुकुम पश्चिममा चट्याङ लागेर एक जनाको मृत्यु, ८ घाइते

  चैत २०, २०७६

रुकुम पश्चिम, चैत २० : चट्याङ लागेर रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ । बुधबार राति पौने ९ बजे परेको चट्याङले अन्य ८ जना घाइते भएका छन् ।

चट्याङबाट त्रिवेणी गाउँपालिका–४, स्थित मामा घर आएकी १३ वर्षीया निर्मला खत्रीको घटनास्थलमै मृत्यु भएको हो । गंगाराम खड्का र प्रकाश विकको घरमा एकैसाथ चट्याङ परेको थियो। मृतक खत्रीको घर रोल्पाको गंगादेव गाउँपालिका हो ।

चट्याङ लागेर प्रकाशकी २० वर्षीया श्रीमती अनिता गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ। घाइते हुनेमा ११ वर्षीया तुलषा खड्का, १७ वर्षीया सुशीला खड्का, २२ वर्षीया पवित्रा खड्का रहेका छन् ।

५० वर्षीया धनमाया खड्का, ६० वर्षीया सीता ओली, ४ वर्षीय केशव खड्का र २८ वर्षीया कपिल खड्का पनि चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए।

तपाईको प्रतिक्रिया