बजारमा पाइने -यापिड टेस्ट किटबाट गरिने कोरोना परीक्षणमा रोक

  चैत १९, २०७६

काठमाडौं, चैत १९ : हाल बजारमा पाइएका -यापिड टेस्ट किटबाट हुने कोरोना परीक्षणलाई विश्व स्वास्थ्य संगठनले मान्यता नदिएकाले अनुमति नलिइ त्यस्ता किटहरू प्रयोगमा सरकारले रोक लगाएको छ ।

बजारमा अवैध ढङगले -यापिड टेस्ट किट भित्र्याइ जनमानसलाई भ्रममा पारी परीक्षण गर्न शुरू गरिएको गुनासो आए पछि सरकारले यसलाई नियन्त्रण गर्न अनुमति नदिई प्रयोग नगर्न निर्देशन दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

विज्ञप्तिमा बजारमा पाइएका ¥यापिड टेस्ट किटलाई मन्त्रालयले खरीद गरेको -यापिड टेस्ट किटसँग जोडी भ्रमपूर्ण समाचार आएको भन्दै विज्ञप्तिमा सरकारले चीनबाट खरिद गरी ल्याएको -यापिड टेस्ट किट चनि सरकारले प्रमाणित गरको कीट भएको स्पस्ट पारेको छ ।

साथै नेपालमा महामारी फैलिइहाले र एकै पटक हजारौं टेस्ट गर्नु परेको अबस्थामा पीसीआर मेसिनले धान्न नसक्ने गरेकाले -यापिड टेस्ट किटको प्रयोग गरी स्क्रिनिङ गर्ने र संस्कास्पदहरूको पीसीआर मेसिनबाटै जाँच गरी निक्र्यौल गर्ने अन्तर्राष्ट्रिय मान्यता अनुसार पूर्व तयारी गर्न खोजिएको उल्लेख गर्दै विज्ञप्तिमा अहिले युरोप अमेकिाले पनि यही विधिबाट नै परीक्षण गरिरहेको स्पष्ट गरिएको छ ।

साथै सरकारले खरिद गरेको किटको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुुसन्धान परिषद्लाई अनुरोध गरिसकिएको र परिषद्ले प्रयोग गर्न योग्य भनि सिफारिस गरेपपछि मात्र र सम्बिन्धित निकायबाट प्रमाणित भए पछि मात्र प्रयोगका लागि वितरण गरिने स्पष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया