लिभरपुललाई उपाधि दिए हुन्छ : गुन्डोआन

  चैत १७, २०७६

म्यानचेस्टर, चैत १७ : म्यानचेस्टर सिटीका मिडफिल्डर इल्के गुन्डोआनले इंग्लिस प्रिमियर लिगको उपाधि लिभरपुललाई प्रदान गर्नु उचित हुने बताएका छन् । कोरोना भाइरसको संक्रमणका कारण लिग पूरा नहुने सम्भावनाबीच उनको यो भनाइ अगाडि आएको हो ।

इंग्ल्यान्डमा अप्रिल ३० सम्मका लागि फुटबल स्थगितको स्थितिमा छ । लिग तालिकामा लिभरपुल दोस्रो स्थानमा रहेको सिटीमाथि २५ अंकले अगाडि छ । लिभरपुललाई ३० वर्षपछि पहिलो पल्ट लिग उपाधि जित्न दुई जित मात्र आवश्यक छ ।

जर्मनीका २९ वर्षीय खेलाडीले मिडियासँगको कुराकानीमा भनेका छन्, ‘लिभरपुललाई उपाधि दिए हुन्छ । मलाई केही फरक पर्दैन । हामी सबै खेल भावनाबाट प्रेरित हुनु पर्छ ।’

तपाईको प्रतिक्रिया