स्वास्थ्यकर्मीका साथै एम्बुलेन्स चालकलाई समेत पिपिई

  चैत १५, २०७६

धनकुटा, चैत १५ : स्वास्थ्यकर्मीका साथै एम्बुलेन्स चालकलाई समेत स्वास्थ्य सामग्री पिपिई वितरण गरिएको छ ।

विश्वभरी फैलिएको नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै संक्रमित लगायतलाई उपचारका लागि सहजहोस भनि धनकुटा नगरपालिकाले स्वास्थ्यकर्मीका साथै एम्बुलेन्स चालकलाई समेत स्वास्थ्य सामाग्री सहित पिपिई उपलब्ध गराएको धनकुटा नगरपालिकाकाप्रमुखप्रशासकीयअधिकृत रामबहादुर थापाले जानकारी दिनुभयो ।

शुक्रबार सतर्कता सम्बन्धी सूचनाप्रकाशितगर्दै विगत २१ दिनभित्रमाबिदेशबाट आएका सबैसँग सम्पर्क र अनुगमनगर्नु पर्ने भएकाले स्वास्थ्यकर्मीहरुलाई जोखिमहुन सक्ने हुदा स्वास्थ्य सामाग्रीउपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाअन्तर्गत रहेका ५ वटा स्वास्थ्य संस्थाहरुलाई एकएकथानपिपिईका साथै सेनिटाइजर, युटिलिटी ग्लोब, सर्जिकलग्लोब लगायतकास्वास्थ्यसामग्रीहरु उपलब्ध गराइएको धनकुटा नगरपालिकाका स्वास्थ्य संयोजकभोजराज भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोनाको संक्रमण हुननदिन रात दिन कार्य क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीहरु नै आवश्यक सामग्रीको अभाव भई जोखिममा परेकाले नगरपालिकाले समाग्री खरिद सहयोग र समन्वयता, अहिलेको अपरिहार्यता भन्ने नाराका साथमा वडा नम्वर ९ स्थित लाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

यसका साथै बिश्वब्यापी रुपमा तिव्र गतिले फैलि रहेको भाईरसको संक्रमणबाट बच्न पुर्बतयारी तथा प्रतिकार्यको लागि नेपाल सरकारको विभिन्न निकायहरुले अनेकौ प्रयासहरु गरिरहेका समयमा धनकुटा नगरपालिका वडा नम्वर ९ स्थित कोरोना भाईरसको जोखिम बाट सुरक्षित रहनको लागि स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

अहोरात्र खटिरहेका बेलाहारा स्वास्थ्यचौकी र नेपाल सरकारको निर्णयलाई कार्यन्वयनगर्न तैनाथ रहेका बेलाहारा अस्थायी प्रहरी चौकी, मुलघाट प्रहरी चौकी र स्वास्थ्यइकाई मुलघाटलाई वडा नम्वर ९ का वडा अध्यक्ष मनोज रायाले स्यानिटाईजर, माक्स तथा अन्य आधारभुत सामग्रीहरु बितरण गर्नु भएको हो ।
रेडक्रसले बाड्यो सुरक्षाकर्मीलाई खाद्यान्य

मानवीय काम गर्नेलाई जहाँ भेटियो त्यही सम्मान र ममता दिउँ भन्ने अभियानका साथ अगाडि बढेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धनकुटाले विपद्को समयमा सुरुक्षामा खटिएका सुरक्षाकर्मीहरुलाई खाद्यान्य वितरण गरेको छ ।

हालविश्वभरि नोवल कोरोना भाईरस कोभिड १९ को संक्रमण फैलिरहेको समयमा आफ्नो ज्यानको सुरक्षालाई थाती राख्दै भोकै तिर्खै जिल्लावासिहरुको स्वास्थ्यका लागि अहोरात्र खटिएर राज्यले गरेको लकडाउनलाई व्यवस्थित बनाउन तैनाथ सुरक्षाकर्मीहरुलाई सम्मान स्वरुप बाटैमा खाजा र पानीवितरण गरिएको हो ।

सुरक्षा निकायले भाईरसको संक्रमणबाट बच्ने उपायकाबारेमाजिल्लाबासिहरुलाई सचेत गराउदै शाखाकार्यालय कर्मीटार देखि तत्लो कोप्चे, मदनचोक, त्रिबेणी स्कुल, बसपार्क, जिरोप्वईन्ट, जिल्लाप्रहरी कार्यालय भिमनारायण चोक, सल्लेरी, लोकसेवा, कागते लगायतका स्थानहरुमा गएर खाद्यान्य वितरण गरेको हो ।

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धनकुटाका सभापति हरि कुमार राईको संयोजकत्वम ाजिल्ला शाखाका प्रतिनिधिहरुको सहभागितामा सुरक्षा निकायका प्रमुख, तथा अन्य राष्ट्रसेवक कर्मचारीहरुलाई खाद्यान्य वितरण गरिएको हो ।

तपाईको प्रतिक्रिया