सातै प्रदेशका मुख्यमन्त्रीसँग उपप्रधानमन्त्रीको भिडियो कन्फरेन्स

  चैत १४, २०७६

काठमाडौँ, चैत १४ : उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्समार्फत् कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका विषयमा छलफल सुरु गर्नुभएको छ ।

कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक पोखरेलले प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा शुक्रबार भिडियो कन्फिरेन्समार्फत छलफल गरिरहनुभएको छ । उहाँले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका क्रममा प्रदेशमा देखिएका समस्या र भइरहेका तयारीबारे कुराकानी गर्नुहुनेछ ।

उहाँले उच्चस्तरीय समन्वय समितिबाट भएका निर्णय, नीति तथा कार्यक्रमका बारेमा मुख्यमन्त्रीहरुलाई जानकारी र निर्देशन समेत दिनुहुने उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उच्चस्तरीय समन्वय समितिको बैठक शुक्रबार ५ बजे प्रधानमन्त्री कार्यालयमा बस्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया