कोषमा पाँच लाख जम्मा

  चैत १४, २०७६

काभ्रे, चैत १४ : बनेपा नगरपालिकाले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोगथाम एवम् नियन्त्रण कोषमा पाँच लाख रुपियाँ जम्मा गरेको छ ।

शुक्रबार नगरप्रमुख लक्ष्मीनरसिं बादेको अध्यक्षतामा आकस्मिक बसेको कार्यपालिका बैठकले कोषमा पाँच लाख रुपियाँ जम्मा गरेको र सोही जानकारी नेपाल सरकारलाई गराउने निर्णय गरेको छ ।

बैठकले कोरोनाको महामारीबाट नगरबासीलाई सुरक्षित राख्न नगरपालिकाले आवश्यताका आधारमा खर्च गर्ने गरी १५ लाख रुपियाँ विपद् कोषमा थप गर्ने निर्णय गरेको जनाइएको छ ।

नगरपालिकाले वडा न ६ मा रहेको रेडक्रस तालिम केन्द्रमा ६५ वेर्डको क्वारेन्टाइन निर्माण गरेको र आवश्यताका आधारमा थप्ने जनाएको छ । नगरप्रमुख बादेले लकडाउनलाई अझै प्रभाकारी बनाउन नगरबासीलाई अपिल गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया