कोरोना संक्रमण जाेखिमका कारण अख्तियारले आठजनालाई धरौटीमा रिहा गर्दै

  चैत १४, २०७६

काठमाडौं, चैत्त १४ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोभिड–१९ को संक्रमणलाई हेर्दै हिरासतमा रहेका आठजनालाई धरौटीमा रिहा गर्ने निर्णय गरेको छ । आयोगले रिहा गरेका अधिकांश घुस लिएको आरोपमा रङ्गेहात पक्राउ परेकाहरु छन् ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले संक्रमण तथा कसूरको गाम्भिर्यता र अनुसन्धानको पूर्णता समेतलाई विचार गरी हुनसक्ने सजाय र हिरासतमा बसेको अवधिलाई मध्यनजर गरी धरौटी लिएर तारेकमा राख्ने निर्णय भएको जानकारी दिनुभयो । मुक्त गरिनेको अनुसन्धान पछि पुरा गरिने प्रवक्ता कोइरालाले बताउनुभयो ।

आयोगको हिरासतमा अनुसन्धानको लागि र घुससहित रङ्गेहात पक्राउ गरिएका गरी दुई थरिका व्यक्तिलाई नियन्त्रणमा राख्दै आएको छ । प्रवक्ता कोइरालाले रिहा गर्ने निर्णय गरिएको आठैजना रङ्गेहात पक्राउ गरिएको मुद्दाका रहेको जानकारी दिनुभयो । प्रवक्ता कोइरालाले आठैजना स्वस्थ्य रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया