इराकबाट फर्केका बाह्रबीसे स्वास्थ्य केन्द्रको आइसोलेशनमा

  चैत १४, २०७६

मेलम्ची, चैत १४ : इराकबाट फर्केका बाबुछोरीसहित तीन जनालाई आइसोलेशन वार्डमा राखिएको छ ।

कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका ४ फुल्पिङकट्टीका मानिसलाई बाह्रबीसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशनमा राखिएको हो ।

गत माघ २९ गते नै इराकबाट फर्केका बाबुछोरी र छिमेकी वृद्ध काठमाडौंँमा बस्दै आएका थिए ।

लामो समयदेखि तीनै जना सुक्खा रुघाखोकीको लक्षण देखिएकाले स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य केन्द्रमा आइपुगेको स्वास्थ्यकर्मीले बताएका छन् ।

तपाईको प्रतिक्रिया