धनगढीमा भेटिए कोरोना भाइरस संक्रमित चौथो व्यक्ति

  चैत १४, २०७६

काठमाडौं, चैत १४ : नेपालमा कोरोना भाइरस संक्रमित चौथो व्यक्ति भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले नेपालमा काेरोना भाइरसकाे चौथो व्यक्ति संक्रमित भएको पुष्टी गरेका हुन् । ३४ वर्षका उनको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

दुबईबाट फर्किएका ती व्यक्ति चैत ११ गते अस्पताल भर्ना भएको र शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गराउँदा काेरोना संक्रमण देखिएको प्रवक्ता देवकोटाले जानकारी दिए । प्रवक्ता देवकोटाले अरु पनि संक्रमित व्यक्ति हुन सक्ने बताउँदै क्वारेन्टाइनमा बस्न अनुरोध गरका छन् ।

जनस्वास्थ्य प्रयोगशालामा हालसम्म ८०२ जनाको नमुना परीक्षण भइसकेको छ। जसमध्ये ७ सय ९८ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ४ जनामा संक्रमण पुष्टि भएको छ। कोरोना भाइरसबाट संक्रमित पहिलो व्यक्ति भने निको भइसकेका छन् ।

तपाईको प्रतिक्रिया