मौज्दात सामग्रीको प्रयोगबाट परीक्षण र उपचारमा सामेल हुन चिकित्साकर्मीलाई प्रधानमन्त्रीको आग्रह

  चैत १३, २०७६

काठमाडौं, चैत १३ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ सङक्रमणबाट सिर्जित मानवीय संकटको एकजुट भएर सामना गर्न सबैमा आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले चिकित्सक तथा प्राविधिकहरुलाई सामाजिक सञ्जालमार्फत् सम्बोधन गर्नुहुँदै भन्नुभएको छ, “कोभिड–१९ मानवीय संकटको एकजुट भएर सामना गरौं ।

हाल मौज्दात सामग्रीको आधिकारिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल होऔं ।” उहाँले बिहीबार गर्नुभएको ट्वीटमा भन्नुभएको छ, “तपाईहरुकै सिफारिसका थप सामग्री उपलब्ध हुँदैछन्, धैर्य गरौं ।”

तपाईको प्रतिक्रिया