कोरोनाविरुद्ध लड्न क्रिकेटरले पाकिस्तान सरकारलाई ५० लाख सहयोग गर्ने

  चैत १३, २०७६

काठमाडौं, चैत्त १३ : पाकिस्तानी क्रिकेट खेलाडीले कोभिड–१९ विरुद्ध लड्न केन्द्रीय सरकारलाई ५० लाख रुपियाँ सहयोग गर्ने भएका छन् । पाकिस्तान क्रिकेट बोर्डको वर्गिकरणमा पर्ने खेलाडीले उक्त सहयोग गर्ने जनाइएको छ ।

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष एहसान मनिले केन्द्रीय बोर्डसँग अनुबन्धनमा रहेका खेलाडीले पचास लाख सहयोग गर्नुका साथै बोर्डमा कार्यरत अधिकारीले आफ्नो एक दिनको तलब उपलब्ध गराउने जानकारी दिनुभएको छ । पाकिस्तानमा केन्द्रीय अनुबन्धनमा रहेका क्रिकेट खेलाडीले म्याच शुल्क अतिरिक्त मासिक पाँच लाखदेखि १२ लाख रुपियाँ तलब कायम गरिएको छ ।

प्रेस ट्रष्ट अफ इन्डिया(पीटीआई)का अनुसार महाप्रबन्धक र उक्त तहभन्दामाथिका अधिकारीले भने दुई दिनको तलब सहयोग स्वरुप उपलब्ध गराउने उल्लेख गरेको छ । पाकिस्तानमा करिब एक हजार व्यक्तिमा कोभिड–१९ को संक्रमणको पुष्टि भएको छ । विश्वब्यापी रुपमा कोभिड–१९ बाट कम्तिमा १९ हजार व्यक्तिको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया