हातहतियारसहित पक्राउ

  चैत १३, २०७६

काठमाडौं, चैत १२ : टोखा नगरपालिका–११ भण्डारी टोल बस्ने स्याङ्जा मालुङ्गा गाउँपालिका–६ राम्दीघाट घर भएका ५४ वर्षीय सूर्य ज्वारचनलाई बाह्र बोरको दुईनाले बन्दुक १ थान र सर्ट राईफल १ थान सहित प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत कास्कीको आइतबारको पत्रादेश अनुसार महानगरीय प्रहरी वृत्त महाराजगंजबाट अनुसन्धानमा खटिएको प्रहरीले ज्वारचनको कोठामा तलासी गर्दा उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका ज्वारचनलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको महानगरीय प्रहरी वृत महाराजगंजले जनाएको छ ।

तपाईको प्रतिक्रिया