आवतजावतमा थप कडाइ, उलङ्घन गर्नेमाथि बल प्रयोग गरिने चेतावनी

  चैत १२, २०७६

काठमाडौँ, चैत १२ : कोरोना भाइरस (कोभिड–१९) संक्रमण विरुद्धको प्रतिकार्य अभियान ‘स्व–कफ्र्यु’ (लकडाउन) उलङ्घन गर्नेहरूमाथि सामान्य बल प्रयोग गर्न निर्देशन भएको छ ।

प्रहरी प्रधान कार्यालयले अत्यावश्यक काम वाहेक आफूखुशी सडकमा निष्केकाहरूलाई नियन्त्रणमा लिई कारवाही र अटेर गर्नेहरूमाथि बल प्रयोग गर्न निर्देशन दिएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापाक्षेत्रीले अफ्ठयारो परेकाहरूलाई सोधपुछ गरी छोडि दिने र अन्यको हकमा नियन्त्रणमा लिई कारवाही गर्न निर्देशन भएको बताउनुभयो । ‘यो संकटको वेलामा हामीले आफ्नो सुरक्षा आफैले गर्ने हो’ यसका लागि सबैभन्दा उत्तम विकल्प घरभित्र बस्नु हो, उहाँले भन्नुभयो–दाइ, भाइ, साथी र आफन्त भेट्ने तथा सामान किन्न जाने वहानामा घरवाहिर निष्कन छुट कसैलाई छैन ।

लकडाउनको पहिलो दिन सम्झाई बुझाई गरियो अव अटेर गर्नेमाथि सामान्य बल प्रयोग गर्ने कि भन्ने निर्णयमा पुगेका छौं, उहाँले थप्नुभयो–सम्झाई बुझाई गर्दा पनि नमान्नेहरुमाथि ‘एक्सन’ लिनै पर्ने हुन्छ । उहाँले अफ्ठयारो परेकाहरूलाई आवश्यक सहयोग गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ ।

दोस्रो दिन थप प्रभाव
पहिलो दिनको तुलनामा दोस्रो दिन मंगलवार लकडाउनको थप प्रभाव परेको छ । तर, विहान उपत्यकाको छिमेकी जिल्लाहरु धादिङ, नुवाकोट, काभ्रे, गोरखा, मकवानपुर र रसुवा जान मोटरसाइलमा हिडेकाहरु समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ती मध्ये कतिपय भने अनावश्यक रुपमा सडकमा निष्केको पाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, करीव तीनसय भन्दा बढी सवारी साधनहहरु नियन्त्रणमा लिएको छ । धेरैजसो कार र मोटरसाइकल लगायतका निजी सवारी साधनहरु रहेका छन् ।

तीनसय ५० जना भन्दा बढीलाई सम्झाई बुझाई पुनः आएकै गन्तब्यमा फर्काइएको छ । विहान १० वजेबाट अनावश्यक रुपमा निष्केका सवारी साधनहरु नियन्त्रणमा लिई नजिकको प्रहरी कार्यालयमा थन्क्याइ चालकलाई प्रहरी हिरासतमा राख्ने ब्यवस्था गरिएको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया