लकडाउन उल्लंघन ५० वटा मोटरसाइकल र बस नियन्त्रणमा

  चैत १२, २०७६

काभ्रे, चैत १२ : सरकारले लगाएको लकडाउन उल्लघंन गर्ने ५० मोटरसाइकल, एक बस र एक जना व्यक्तीलाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख (एसपी) रविकुमार पौडेलले कोरोना भाईरस (कोभिड १९) लाई नियन्त्रण गर्न चैत्र ११ गते देखि आब्हान गरेको लकडाउन अटेर गर्नेलाई नियन्त्रणमा लिएर कारवाही सुरु गरेको जानकारी दिनुभयो ।

सरकारले अत्यावश्यक बाहेक अन्य सवारी साधन तथा ब्यक्तिहरुलाई घर भित्रै बस्न आब्हान गर्दै हिडडुल गरी अटेर गरे कारवाही गर्ने चेतावनी समेत दिएको थियो । राजमार्ग तथा अन्य भित्री सडकहरुमा लकडाउन उल्लंघन गर्ने ब्यक्ति तथा सवारी साधन बढ्दै गए पछि प्रहरीले लकडाउनको दोश्रो दिन चैत्र १२ गते बुधबार विहान ९ बजेसम्ममा जिल्लाका विभिन्न स्थानबाट ५० वटा मोटरसाईकल, एउटा बस र एक जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिएको छ ।

राजधानी तथा अन्य क्षेत्रबाट विभिन्न स्थानमा जाने ब्यक्तिहरु पहिलो दिन भन्दा दोश्रो दिन बढ्दै गएका थिए । पहिलो दिन बीपी राजमार्गबाट मात्रै तीन सय सवारी साधन सिन्धुली पुगेका थिए । प्रहरीले दोश्रो दिन कडाई गरेको एसपी पौड्यालले जानकारी दिनु भयो लकडाउन भनेको घर भित्रै बस्नका लागि भएकाले सडकमा रमिता हेर्न निस्किएका ब्यक्तिहरुलाई पक्राउ गर्न शुरु गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले अत्यावश्यक क्षेत्रका सवारी साधन तथा पसलहरु सञ्चालन गर्ने दिएको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय काभ्रेले त्यस्ता सवारी साधनलाई पास उपलब्ध गराएका छौँ । उहाँले लकडाउन कार्यान्वयन र सरकारको निर्णय पालना गर्न सर्वसाधारणलाई अनुरोध गरिएको बताउनु भयो ।

तपाईको प्रतिक्रिया