‘कोरोनाविरुद्धको लडाईमा नेपाल एक्लो हुने छैन, चीन साथमा छ’

  चैत ११, २०७६

काठमाडौं, चैत्त ११ : चीनले कोभिड–१९ को सामना गर्न नेपाललाई एक्लिन नदिने जनाएको छ ।

उत्तरी छिमेकी राष्ट्र चीनले कोभिड–१९ विरुद्ध लड्न नेपाललाई आवश्यक चिकित्सकीय सामग्री उपलब्ध गराउने प्रयास गरिरहेको जनाएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले कोभिड–१९ विरुद्ध लड्न नेपाललाई एक्लिन नदिने बताउनुभएको छ ।

उहाँले सोमबार राति ट्वीटरमार्फत् चिकित्सकीय सामग्रीहरुको व्यवस्थापन गरि नेपाललाई सहयोग गर्न प्रयासरत रहेको बताउनुभएको हो ।

राजदूत यान्छीले नेपालका लागि प्रार्थना गरिरहेको उल्लेख गर्नुहुँदै चिकित्सकीय सामग्रीका लागि समन्वय गरिरहेको जानकारी दिनुभएको हो ।

चीनले गत् साता कोभिड–१९ को सामना गर्न नेपाललाई आवश्यक पर्ने चिकित्सकीय सामग्रीहरुको सूची माग गरेको थियो ।

नेपालमा कोरोना संक्रमित एक बिरामी भेटिएको पुष्टि भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गरेर चीन नेपालको साथमै रहेको बताउनुभएको हो ।

तपाईको प्रतिक्रिया