नेपाल आउन खोज्ने तीन सय नेपाली रातभर नाकामै राेकिए

  चैत ११, २०७६

धनगढी, चैत ११ : नेपाल सरकारले आइतबारदेखि भारतको सीमा नाका बन्द गरेको भए पनि भारतका विभिन्न शहरबाट कैलाली कञ्चनपुरका नाका हुँदैआउने क्रमजारी रहेको छ । सोमबार राति ८.०० बजे धनगढीको त्रिनगर नाकामा आएका भण्डै तीन सय नेपालीहरु नेपाल जान पाउने आश गरेर बसेका छन् ।

भारतका विभिन्न ठाउँबाट आएका नेपालीहरु नेपाल जानपा उनु प¥यो भनेर बसेका छन् । उनीहरु रातभर दुई देशको सीमा क्षेत्रको सडकमै बसेका छन् । नेपाल सरकारको आदेश नआउँदासम्म नेपाल पस्न दिन सकिदैन त्रिनगर प्रहरी चौकीकाप्रहरी नायवनिरीक्षक महादेव भट्टले बताउनुभयो ।

नेपाल जान पाउनु प¥यो भन्दै होहल्ला गरेर बस्नेमा सानासाना बालबालिका सहितका महिला समेत छन् । सोमबार साँझ पनि धनगढीको त्रिनगरबाट दुई हजार पाँच सय नेपाली नेपाल फर्किएका थिए । भारतका विभिन्न शहरबाट आएकाहरुको स्वास्थ्य परीक्षणका गरेर सोमबार विहान र दिउँसो गरेर दुई पटक नेपालीहरुलाई नेपालआउन दिइएको थियो ।

यस्तै सोमबार गड्डाचौकी नाकाबाट पनि ८९३ नेपालीहरु घर फर्किएका छन् । कञ्चनपुरैकै व्रहमदेवमण्डीबाट पनि ७५ जना नेपाली भारतबाट नेपाल आएका छन् । सोमबार लामो समय होहल्ला पछि भारतबाट आएका नेपालीहरुलाई स्वास्थ्यजाँच गरेर नेपालआउनदिइएको थियो ।
भारतबाट आएकाहरुले सीमामा रोकिनु परेपछि कि हाम्रो नागरिकता खोस नत्र नेपाल जान देउ भनेर होहल्लागर्ने गरेका छन् ।

नेपाल आउनेमा पाँच महिनाका बालबच्चा सहितकामहिलाहरु समेत छन् । उद्योग धन्दा बन्द भएपछि मुम्वईमा काम पाउन छोड्यो अनिफर्किएर आयौं पाँचमहिनाको बच्चाकाखमाबोकेर श्रीमानसंगै आएकी डोटीको सानागाउँकी शारदा परिवारले बताउनुभयो । उहाँको साथमा पाँचवर्षकी छोरी पनिथिइन ।

डोटीको केआइसिंह गाउँपालिका‐४ कार्की गाउँका डवलबहादुर कार्कीले पनि काम पाउन छाडेपछि नेपालआएको बताउनुहुन्छ । त्रिनगर नाकामा आउनेमा धेरै जस्तो भारतको मुम्वई र पुनाबाट आएकाहरु छन् । मुम्बईबाट आउनेहरु तीन दिनलगाएर नेपाल पुगेका हुन ।

तपाईको प्रतिक्रिया