प्रभु यशुले कोरोना ठिक पार्नुहुन्छ भन्ने युवक पक्राउ

  चैत ११, २०७६

पोखरा, चैत ११ : विश्वव्यापी रुपमा संक्रमण फैलिइरहेको कोरोना भाइरस (कोभिड १९)लाई प्रभु यशुले ठिक पार्नुहुन्छ भन्दै भ्रम फैलाउँनेलाई कास्की प्रहरीले पक्राउ गरेको छ । जुम्ला घर भई पोखरा महानगरपालिका वडा नं. ३२ खुदी सुकुम्वासी टोल बस्ने प्रशान्त कटनी मण्डली पोखराका पास्टर केशव आचार्यलाई धर्मका नाममा अफवाह फैलाएको आरोपमा पक्राउ गरिएको हो ।

पोखरा महानगरपालिका वडा नं. २९ पावरहाउसमा रहेको मण्डलीमा मानिसहरु जम्मा पारेर आचार्यले यो माहामारीलाई प्रभु यशुले सबैको अगाडि घुडा टेकाउनुहुन्छ, कोरोना भाइरस प्रभु यशुले ठिक पार्नुहुन्छ, प्रभुको विश्वास ग¥यो भने कोरोना मात्र नभई जस्तोसुकै महामारीले छुन सक्दैन जस्ता भ्रामक अफवाह फैलाइएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

विश्ले सामना गरिरहेको कोरोना भाइरसको माहामारीबाट उत्पन्न विवतको लाभ लिई झुठ्ठा, भ्रमपूर्ण अभिव्यक्तिको भिडियो बनाई युटुव तथा सामाजिक सञ्जालमा समेत सार्वजनिक गरि धर्म प्रचार प्रसार गरेकाले आचार्यलाई पक्राउ गरी कानुनी कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया