अत्यावश्यक सेवा बाहेकका कर्मचारी घर मै तयारी अवस्थामा बस्नुपर्ने

  चैत १०, २०७६

काठमाडौं, चैत १० : सरकारले अत्यावश्यक सेवा र अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी मात्र कार्यालयमा उपस्थित हुने गरी अन्यलाई विदा दिने व्यबस्था मिलाएको छ ।

कार्यालय प्रमुखले आवश्यक परेका बेला तत्काल उपलब्ध हुने गरी विदा दिन सक्ने गरी  निर्णय गरेको हो । जसअनुसार स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, दुरसञ्चार, सूचना तथा सञ्चार, भन्सार क्वारेन्टाइन, फोहरमैला व्यबस्थापन जस्ता अति आवश्यक सेवाका कर्मचारी मात्र उपस्थित हुने व्यबस्था मिलाएको छ ।

सरकारले संक्रामक रोग ऐन २०२०ले दिएको अधिकार प्रयोग गरी सो आदेश जारी गरेको हो । साथ औषधि तथा  स्वास्थय उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धनहरू उत्पादन गर्ने उद्याेगबाहेक निजी क्षेत्रबाट सञ्चालित कल कारखानमा काम गर्ने श्रमिक कर्मचारीलाई सम्बन्धित उद्याेगले विदा दिने व्यस्था मिलाउनु पर्नेछ । 

तपाईको प्रतिक्रिया