जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्न माग

  चैत ०८, २०७६

काठमाडौँ, चैत ८ : दलित गैरसरकारी संस्था महासङ्घले समाजमा व्याप्त जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्नुपर्ने माग गरेको छ ।

५५औँ जातीय भेदभावविरुद्धको अन्तरराष्ट्रिय दिवसका अवसरमा महासङ्घले आज प्रेस विज्ञप्ति जारी गरी छुवाछूतको अन्त्य गर्दै दलित समुदायले भोग्दै आएको आर्थिक, सामाजिक र सांस्कृतिक समस्याको समाधान गर्नुपर्नेमा जोड दिएको हो ।

जातीय भेदभावविरुद्धको अन्तरराष्ट्रिय दिवस अर्थात् २१ मार्च २०२० युएनको ४३औँ सत्रको मानवअधिकार परिषद्ले पारित गरेको ‘अफ्रिकी मूलका नागरिकका लागि अन्तरराष्ट्रिय दशक’ २०१५–२०२४ को मध्यावधि समीक्षामा केन्द्रित हुने युएनले जनाएको छ ।

मुलतः अफ्रिकीमूलका अश्वेत नागरिक र दक्षिण एशियाली दलित समुदायले यस दिनलाई आफ्नो अधिकार स्थापनाको विशेष अवसरका रुपमा मनाउँदै आएकामा कोभिड–१९को महामारीका कारण हर्षोल्लाषपूर्ण रूपमा मनाउने अवस्था नभएको महासङ्घले जनाएको छ ।

तपाईको प्रतिक्रिया