नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच फोन वार्ता

  चैत ०८, २०७६

काठमाडौं, चैत ७ : नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच आज टेलिफोन वार्ता भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुव्रमन्यम् जयशंकरबीचको वार्ता महामारीका रूपमा द्रुत गतिमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध लड्ने उपायका साथै आपसी सहयोग बढाउने सम्बन्धमा केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुवै देशबीच औषधिलगायत अत्यावश्यक सामग्रीको सहज आपूर्तिमा जोड दिँदै दुवै देशका परराष्ट्रमन्त्रीले कोभिड–१९ को जोखिम घटाउन सीमा क्षेत्रमा प्रभावकारी निगरानी गर्नेबारेमा पनि छलफल गर्नुभएको थियो । परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड–१९ बाट जोगाउन भारतले विशेषज्ञ र चिकित्सकहरू सम्मिलित द्रुत प्रतिकार्य टोली पठाउन प्रस्ताव गरेकामा भारत सरकारप्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया